Comments Add Comment

प्रेमपत्र सार्वजनिक भएपछि मैले नाङ्गै भएको महसुस् गरेँ: कंगना

Kanganaमुम्बई । ‘जुन चीजलाई दुनियासँग लुकाएर, आफ्नै मुटुलाई भन्दा धेरै प्रेम गरेर राखिएको हुन्छ त्यहि चिज जल्यो भने यो मन कस्तो हुन्छ होला ?’ ऋतिक रोशनसँगको सम्बन्धवारे मुख खोल्दै कंगनाले भनिन् ।

मुम्बईमा आयोजित एक प्रमोशन कार्यक्रममा सहभागी कंगनाले ऋतिक र आफ्नो सम्बन्धवारे खुलेर कुरा मात्रै गरिनन् । प्रेमपत्र सार्वजनिक भएपछि आफु दुनियाको सामु नाङ्गो भएको प्रतिक्रिया दिइन् । प्रेमपत्र सार्वजनिक भएपछि केहि रात रोएर बिताएकि थिइन् उनले । ‘म कयौ राता कोठामा रोएर बसेँ दुनियाले ममाथि मजाकको टिप्पणी गरे’ उनले भनिन् ।

आफ्नो प्रेमकथा पहिलोपटक मिडियावाट सार्वजनिक भएको भन्दै उनले आफ्नो प्रेम पनि फिल्मी स्टाइलमा सुरु भएको बताईन् । ऋतिकलाई पत्र आफुले लेखेको जानकारी दिँदै कंगनाले पत्र लेख्दा जोसुकै इमोस्नल हुने बताईन् ।

उनीहरुको विवाद एक अन्तरवार्तावाट सुरु भएको थियो । अन्तरवार्ताको क्रममा कंगनालाई संवाददाताले प्रश्न सोधेका थिए ‘ऋतिकले तपाईलाई आशिकी-३ वाट हटाएको हो ?’ कंगनाले जवाफ दिँदै भनिन् ‘मैले पनि यस्तै सुने । मलाई थाह छैन सिली एक्ट पार्टनर प्रचार प्रशारका लागि किन यस्तो शैलि अपनाउदैछन् । कंगनाको यस्तो प्रतिक्रिया आएपछि ऋतिक निकै रिसाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment