+
+
Shares

सौगातलाई काठमाण्डौ ल्याउन हेलिकप्टर नै लिएर पुगिन् नायिका

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ३ गते १०:३८

kamali-and-saugat
नायक सौगात मल्ल यतिबेला प्रेम चर्चासँगै हेलिकप्टर यात्राका कारण पनि लाइमलाइटमा छन् । केहि दिन अगाडि चलचित्र ‘बमकाजी’को छायांकनका लागि सौगात चार्टर हेलिकप्टर मार्फत मनास्लु वेसक्याम्प पुगेका थिए । तर, शुक्रबार भने चलचित्र ‘शब्द’कि नायिका कमली वाइवा सौगातलाई खोज्दै हेलिकप्टर लिएर मनास्लु पुगिन्, जहाँ चलचित्र ‘बमकाजी’को छायांकन भैरहेको थियो ।

सौगातलाई लिएर उनी काठमाण्डौ आइन् । आखिर, किन नायिकालाई सौगात आवश्यक परेका होलान् ? कमलीका अनुसार सौगात मल्ल र उनी ‘शब्द’को शोका लागि अष्ट्रेलिया जाँदैछन् । सौगातको भिसा प्रक्रिया अड्किएपछि नायिका हेलिकप्टर नै लिएर उनलाई लिन पुगेकी हुन् । सौगात केहि समय मिलाएर काठमाण्डौ आए र ३ बजे फेरि मनास्लु नै फर्किएका थिए ।

अष्ट्रेलियाका ५ शहरमा यो चलचित्र प्रदर्शन हुन लागेको जानकारी कमलीले दिएकी छिन् । सन्तोष सिवाकोटीले निर्देशन गरेको यो चलचित्रमा सौगात र कमलीका साथमा अनुभव रेग्मी, ओशिन भट्टराई, ए गुरुङ, रोयदिप लगायतका कलाकारको अभिनय छ । विष्णुकुमार थेवे र छिरिङ लामा चलचित्रका निर्माता हुन् । यो चलचित्र पौष २९ गतेबाट देशभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?