Comments Add Comment

निक्षेप र कर्जा महिनाभर १ प्रतिशत पनि बढेन, १० प्रतिशत नाघ्यो निक्षेप व्याजदर

Bank
३ पुस, काठमाडौं । बैंकहरुमा लगानी योग्य पुँजीको अभाव भएको भन्दै हल्लिखल्ली भएको धेरै भएपनि यसको समाधान निस्कन सकेको छैन् । दीर्घकालिन समाधानको उपायको रुपमा रहेको निक्षेप वृद्धि भएपनि एक महिना यता निक्षेपमा सीमान्तकृत वृद्धि मात्र भएको छ ।

एक बैंकले दिएको तथ्यांक अनुसार मसिंर २४ गते वाणिज्य बैंकहरुमा १८ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कात्तिक १९ गतेयता निक्षेपमा १ प्रतिशतभन्दा पनि कम (०.८५ प्रतिशत) ले मात्र वृद्धि भएको छ । कात्तिक १९ गते वाणिज्य बैंकहरुसँग १८ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप मात्र रहेको थियो ।

बैंकहरुमा निक्षेप अभाव हुन थालेपछि यसको प्रभाव बैंकहरुको व्याजदरमा पनि देखिन थालिसकेकेा छ । बैंकहरुले घोषित रुपमा नै व्याज दर ८.५ सम्म दिन थालेका छन् भने ठुला संस्थागत निक्षेपकर्ताहरुमा १२ प्रतिशतसम्म व्याजदर दिने गरी बैंकहरु बोलकबोलमा प्रतिस्पर्धा गरिरहेको बुझिन्छ ।

karja

यता बैंकहरुले लगानी योग्य पुँजी अभाव हुँदा कर्जामा समेत विस्तार गर्न सकेको देखिदैन । सोही अवधिमा बैंकहरुको कर्जा लगानी मात्रै २ प्रतिशतले वृद्धि भएको छ । तर दुई साता यता बैंकहरुले प्रदान गर्ने कर्जामा ०.७२ प्रतिशत -११ अर्ब रुपैयाँ) र निक्षेपमा ०.०९ प्रतिशत (२ अर्ब रुपैयाँ) ले मात्र वृद्धि भएको छ ।

बैंकहरुले कर्जा लगानी बिस्तार गर्न लगानी योग्य रकम अभाव हुन थालेपछि सेयर धितोमा दिइने कर्जा र अधिविकर्ष कर्जा (ओडी लोन) जारी गर्नै बन्द गरिएको खबरहरु पनि सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment