नायिका करिश्मा मानन्धर नयाँ शक्ति नेपालको विभिन्न कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा सहभागी भैरहेकी छिन् । हातमा चलचित्र खासै नभएपनि करिश्माको व्यस्तता घटेको छैन । हालैमात्र पोखरामा आयोजना भएको ‘चेरिस्मा फेसन शोमा’ नायिका करिश्मा मानन्धरको विशेष उपस्थिती रह्यो ।
फेसन शोमा प्रियंका महर्जन, प्रगती श्रेष्ठ, जेनीसेमी, ममत खड्काका साथमा पोखरामा कलाकारहरु र्याम्पमा उत्रिएका थिए । चेरिस्मा इम्पोरियमकी संचालिका सिता बरालको पहिरन डिजाइन रहेको फेसन शोमा जयन सुब्बाले कोरियोग्राफी गरेकी थिइन् ।
फेशन शोको अन्त्यमा नायिका करिश्मा मानन्धरले आफू अभिनित चलचित्रका गीत गाएर दर्शकलाई नचाएकी पनि थिइन् ।
तस्बिरः उमेश पुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4