Comments Add Comment

टी टकः डन्डिफोर देखेर केटाहरुले जिस्काउँदा रिस उठ्थ्योः रीजु श्रेष्ठ

riju-shreshta

मोडल तथा नायिका रीजु श्रेष्ठले ‘स्टुपिड मन’लगायत केहि चलचित्रमा अभिनय गरेकि छिन् । म्युजिक भिडियोमा समेत अभिनय गरेकि रीजु टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा पनि चर्चित छिन् । टेलिभिजनकै दुनियाँमा रमाएकी रीजु घरायसी काममा समेत पोख्त छिन् । आफ्नो काम आफैं गर्नुपर्ने मान्यता राख्ने रीजुसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नु हुन्छ ?
बिहान ६, ७, ८ जतिबजे उठ्नु पर्ने छ त्यति नै वजे उठ्छु । यति नै भन्ने छैन ।

ब्रेकफाष्ट के खानुहुन्छ ?
खासै ब्रेकफाष्ट खान्नँ । हामी नेपाली भनेको भात नभई नहुने जात हो । म पनि भातमै ध्यान दिन्छु ।

उठेपछि एक्सरसाइज ?
एक्सरसाइजकै लागि स्पेशल केहि गर्दिन । म घरको सबै काम गर्छु । त्यसकारण त्यहि काम गर्दा एक्सरसाईज हुन्छ ।

घरको काम के के गर्नुहुन्छ ।
घर पुछ्ने, कोठमा मिलाउने, भात पकाउने भाँडा माँझ्ने बाहेक घरमा अरु के-के काम हुन्छ सबै गर्छु ।

कसैले अर्‍हाएर कि ?
पहिला पहिला त गर्दिन थिएँ । पछि सोचेँ, अरुमा भर पर्नु राम्रो होइन । फेरि यो लूगा धुने, भात पकाउने जस्ता काम त जीबनमा जुनसुकै वेला पनि गर्नुपर्ने हुनसक्छ । त्यसो भए किन नगर्ने । भ्याएसम्म आफैं गरौं भन्ने मेरो मान्यता हो ।

बिहान कतिबजे घरवाट निस्कनुहुन्छ र बेलुका कतिबजे फर्किनु हुन्छ ?
बिहान खाना खाएर निस्कन्छु । बेलुकाको कुरा छोड्दिनुस् काम सकियो भने दिउँसै घर आउँछु । मलाई पार्टीमा खासै जान मन लाग्दैन । नातेदार वा मिल्ने साथीहरुको पार्टीमा मात्रै जान्छु ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
छैन ।

विश्वास नलागेर हो ?
हैन, विश्वास त गर्छु । ब्रम्हाण्डको तुलनामा हाम्रो पृथ्वी कत्रो नै छ र । विश्वास नगर्ने भन्ने त कुरै हुन्न ।

स्कुल पढ्दा निकै छुच्ची हुनुहुन्थ्यो हो ?
हैन । म त निकै सोझी थिएँ । लगाम लगाइदिएको घोडा जस्तै । शिक्षकले जे भन्यो त्यहि मान्ने ।

स्कुल सकेपछि ?
त्यसपछि त केहि समय हा र हु गरियो । हाम्रो ग्याङ राम्रै थियो ।

केटाहरुले कत्तिको जिस्क्याउँथे ?
म खासै राम्री हैन, त्यसकारण केटाहरुले आँखा लगाएनन् । अनुहारमा डन्डिफोर आएको बेलामा जिस्क्याउँथे, मलाई रिस उठ्थ्यो ।

तपाइले पनि जिस्क्याउनु भो होला नि ?
मैले जिस्क्याउँन त कसैलाई बाँकी राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment