Comments Add Comment

रिजेन्ट एयरवेजले भोलिदेखि ढाका-काठमाडौं उडान थाल्ने

regent-airway-2s
५ पुस, काठमाडौं । रिजेन्ट एयरवेजले बुधबारबाट बंगलादेशको राजधानी ढाकादेखि काठमाडौंसम्मको उडान थाल्ने भएको छ । बोइङ ७३७/७०० एयर क्राफ्टमार्फत नेपालमा रिजेन्टले सेवा थाल्न लागेको हो ।

१२ बिजनेश क्लास र १ सय १४ वटा इकोनोमिक क्लास भएको यो एयरवेजमा ढाकादेखि काठमाडौं आउँदा १० हजार २ सय ७० रुपैयाँ तिर्नुपर्नेछ ।

ढाकादेखि काठमाडौं र काठमाडौं देखि ढाका दुबैतर्फको उडान भर्दा भने १८ हजार ९ सय रुपैयाँ मात्रै तिरेपुग्छ । रिजेन्ट एयरवेज सञ्चालन गर्ने कम्पनी जिएसए हार्भेस्ट मुन ग्रुपले जानकारी दिएअनुसार एयरवेजले सोमबार , बुधबार र शनिबार मात्रै उडान भर्नेछ ।

ढाकाबाट यो बिमान ३ बजे छुट्नेछ भने काठमाडौं सवा ४ बज आइपुग्नेछ । यो बिमान सोही दिन पुन ढाका फर्कनेछ। सोही दिन सवा ५ बजे काठमाडौंबाट उडान भरेको बिमान ६ बजेर ४५ मिनेटमा आइपुग्ने कम्पनीले जनाएको छ ।

अहिले यो एयरवेजले ओमन, सिंगापुर, मलेसिया थाइल्याण्ड र भारतमा उडान भर्दै आएको छ । बुधबारदेखि भने यसले थप नेपालमा पनि उडान भर्ने भएको छ ।

यसले नेपाल र बंगलादेशबीचको आथिर्क तथा पर्यटकीय क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । रिजेन्टले आफ्नो सेवालई गुणस्तरी र सुरक्षित बनाउन कुनै कसर नछाड्ने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment