+
+
Shares

बलिउड निर्देशकको ‘मेरो पैसा खोइ’मा सौगातदेखि बर्षासम्म

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ६ गते १०:०२

mero-paisa-khai-team
बलिउड चलचित्र ‘भूतनाथ’ निर्देशन गरेका निर्देशक विवेक शर्माले निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘मेरो पैसा खोइ’का लागि कलाकार फाइनल गरिएको छ ।
निर्माता रोज राणाले पत्रकार भेटघाटको आयोजना गर्दै कलाकार फाइनल गरिएको जानकारी दिएका छन् ।

यो चलचित्रमा सौगात मल्ल, बर्षा सिवाकोटी, सागर तिवारी, वुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा, बसन्त सापकोटाको संगीत र चन्द्र पन्तको एक्सन यो चलचित्रमा रहने जानकारी गराइएको छ । हरि घलेले छायांकन गर्ने चलचित्रमा दयाराम पाण्डेले गीतको शब्द कोरेका छन् ।

माघको १५ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई नेपाली र हिन्दी भाषामा डबिङ गरिनेछ । नेपालमा रमणीय स्थानहरु काठमाण्डौ, पोखरा, जोमसोम, वुटवल लगायतका क्षेत्रमा यो चलचित्रको छायांकन गरिनेछ ।

निर्देशक शर्माले आफूले नेपाली चलचित्र ‘छक्का पन्जा’ हेेरेको र यसले आफूलाई मनोरञ्जन दिएको बताए । उनले ‘भूतनाथ’ जस्तो चलचित्र बनाएर आफूले बालबालिकालाई बलिउड चलचित्रमा आकषिर्त गरेको समेत सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?