+
+

सपोर्ट माइक्रोफाइनान्सको सेयर आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ६ गते १२:५४

support-micro-finannce
६ पुस, काठमाडौं । यही चैतभित्र सेयर जारी गर्ने योजनासहित सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था अगाडि बढेको छ । कम्पनीले हालै एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणमा १ करोड ८० लाख रुपैयाँको (१ लाख ८० कित्ता) सेयर जारी गर्ने भएको हो । सेयर जारीपछि कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्ने छ ।

हाल संस्थापकहरुको तर्फबाट चुक्ता पूँजीमा ४ करोड २० लाख रुपैयाँ लगानी भइसकेको छ । कम्पनीको अधिकृत पूँजी भने १५ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?