Comments Add Comment

एनएलजी इन्स्योरेन्सले बोलपत्र धरौटीमा २ करोड गुमायो

६ पुस, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अनामनगर वार्ड नम्बर ३२ मा रहेको जग्गा खरिद गर्न नसकेपछि २ करोड रुपैयाँ गुमाएको छ । कम्पनीले सिद्धार्थ डेभलपमेन्ट बैंकको नाममा रहेको जग्गा २० करोड १६ लाख ३२ हजार रुपैयाँ जग्गा खरिद गर्ने गरी बोलपत्रमा धरौटी राखेको थियो ।

nlg-insurance-companyतर कम्पनीले बाँकी रकम बुझाउन नसकेपछि बोलपत्र नै रद्ध भएको स्रोतले बताएको छ । सिद्धार्थ बैंकले केही साता अघि नेप्सेमा कम्पनीको नाम उल्लेख नगरे पनि बोलपत्र रद्ध भएको र पुनः जग्गा बिक्री खुला गरिएको सूचना सार्वजनिक गरेको थियो ।

कस्तो पर्न सक्ला वित्तीय विवरणमा प्रभाव ?

एनएलजी कम्पनीको चुक्ता पूँजी हालै घोषणा गरेको बोनस सेयर जारी पछि ५१ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको जगेडा तथा सञ्चितीमा १७ करोड ६ लाख रुपैयाँ रहेको छ । हाल घोषणा गरेको २५ प्रतिशत बोनस दिएपछि सञ्चिती रकम पनि घटेर ६ करोड ८२ लाखमा सीमित हुनेछ ।

यो क्षतीको कम्पनीले समायोजन गर्न पर्ने भएकाले नाफामा केही कटौती हुन सक्छ । गत आर्थिक वर्षको अन्त्यमा २० करोड ११ लाख नाफामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चिती ११ करोड ५८ लाख रहेकोमा त्यो समय पनि २० प्रतिशत बोनस दिएपछि सञ्चिती घटेर सात करोडमा सीमित भएको थियो । तर गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले आम्दानी गर्दै जाँदा यो कोष १४ करोड ८१ लाख पुगेको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा सञ्चितीमा एक सय ११ प्रतिशतले वृद्धि भएको थियो ।

यही दरमा नाफा कमाउँदै गयो र सञ्चिती पनि त्यही दरमा बढ्यो भने वृद्धि भएको सञ्चित्तीबाट मात्र आगामी वर्ष लाभांश दिन परेमा लगानीकर्ताले पाउने लाभांश दर केही घट्न सक्छ । हाल घोषणा भएको बोनसपछि कम्पनीको चुक्ता पूँजीमा समेत वृद्धि हुने भएकाले पनि लाभांशको दर अहिलेकोभन्दा घट्ने सम्भावना रहन्छ । कम्पनीले परेको बीमा दाबीमा भुक्तानी दिन बाँकी रकम पनि ५० करोड रुपैयाँ बाँकी छ ।

डराउनै पर्ने अवस्था भने छैन

माथी उल्लेखित हिसाब प्रक्षेपणमा आधारित हो । कम्पनीले अहिलेकोभन्दा नाफा दर बढाउँदै लगेमा भने यो क्षती भएको रकम सजिलै समायोजन हुने देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै कम्पनीले नाफामा ३९ प्रतिशतले वृद्धि गरेको थियो ।

त्यस्तै, गत आर्थिक वर्षको अन्त्यमा पनि ३१ प्रतिशतले नाफा वृद्धि गर्न कम्पनी सफल भएको थियो । कम्पनीले चालु आर्थिक वर्षको अन्त्यमा पनि यही दरमा (३१ प्रतिशत) नाफा बढाएमा २६ करोडसम्म हुन सक्छ । यो सबै कम्पनीको सञ्चालन, भावी रणनीतिमा भने भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment