Comments Add Comment

राजीनामा दिने इन्जिनियरलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

६ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई तोकिएको जिम्मेवारी अनुसार काम गर्न निर्देशन दिएको छ । नभए कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार सामूहिक राजीनामा दिएका थिए । यसप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले पुनर्निर्माणमा खटिएका जनशक्तिलाई बढीमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निार्णय भइसकेको जनाएको छ ।

Punarnirman-Pradhikaran

मापदण्ड बन्ने क्रममा रहेको भन्दै उसले भनेको छ, ‘भूकम्प पीडित जनताले सरकारले उपलब्ध गराउने पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनर्निर्माण गर्ने क्रम द्रुत गतिमा अघि बढिरहेको र सुविधा सम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको स्थितिमा सुविधाको माग राखी आन्दोलन गर्नु कुनै पनि कोणबाट जायज हुँदैन ।’

प्राधिकरण्नले इन्जिनियरहरुलाई काममा र्फकन निर्देशन समेत दिएको छ । उसले भनेको छ, ‘सेवा सुविधा दिने गरी सबै प्रक्रिया अघि बढिसकेको अवस्थामा भूकम्पबाट मर्माहत भएका भूकम्प पीडित जनताको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे कानून अनुसार कारवाही हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment