+
+

‘छक्का पन्जा’को सय दिने सेलिव्रेशन, प्राविधिकलाई बोनस बाँडियो(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ६ गते १९:३१

deepa-and-barsha
नेपाली चलचित्रमा रेकर्ड ब्रेक व्यापार गरेको चलचित्र ‘छक्का पन्जा’ले सय दिन प्रदर्शनको रेकर्ड राखेको अवसरमा सेलिव्रेशन कार्यक्रम आयोजना गरिएको छ । ललितपुरको श्रीकाली चौरमा आयोजना भएको कार्यक्रममा चलचित्रका यूनिटको साथमा विभिन्न चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिती थियो ।

मल्टिप्लेक्समा पहिलो पटक सय दिनको व्यापार गर्दै यो चलचित्रले नयाँ रेकर्ड राखेको हो । १५ करोड माथिको ग्रस व्यापार गरेको चलचित्र काठमाण्डौको वीग मुभिजमा अझै चलिरहेको छ । साथमा केहि सिंगल हलमा पनि यो चलचित्र चलिरहेको छ । aaryan-in-chakka-panja barsha-maya-ko-chino chakka-panja-celebration deepak-deepa-dance

कार्यक्रममा चलचित्रका प्राविधिक, कलाकारलाई मायाको चिनो वितरण गरियो । प्राविधिकहरुलाई चलचित्र सफल भएको अवसरमा यसको निर्माणपक्षले बोनस पनि वितरण गरेको थियो । चलचित्र निर्माणमा मिहिनेत गर्ने प्राविधिकका लागि बोनस वितरण गरिएको निर्माता दीपकराज गिरीले बताए ।

सफलता कार्यक्रममा बोल्दै निर्देशक दीपाश्र निरौलाले दर्शकको माया र सबैको सहयोगमा यो सफलता हासिल गरेको बताइन् । निर्माता तथा कलाकार दीपकराज गिरीले पनि यो अद्भुत सफलता चलचित्र क्षेत्रकै भएको बताए ।
deepak-deepa-maya-ko-chino jitu-maya-ko-chino kedar-maya-ko-chino puru-maya-ko-chino
दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, शिवहरि पौडेल, वुद्धि तामाङ, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका यो चलचित्रमा छ ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?