+
+

दशैंमा पाँच फिल्मले गरे प्रदर्शन घोषणा- चाडपर्व महत्वपूर्ण कि स्क्रिप्ट ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १२:१३

काठमाडौं । २०८० साल नबित्दै पाँच फिल्मले आगामी दशैं छेकोमा प्रदर्शन मिति घोषणा गरेका छन् ।

दीपकराज गिरीको ‘छक्कापञ्जा ५’, नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’, सन्तोष सेनको ‘बलिदान’, निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ र दिनेश राउतको ‘गाउँ नै रमाइलो’ले दशैंमा आउने बताएका छन् ।

पछिल्लोपटक निश्चल र स्वस्तिमा खड्काको ‘बेहुली फ्रम मेघौली’ले दशैं छेकोमा फिल्म रिलिज हुने जनाएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन) र निर्माता बस्नेतले वितरणबारे सम्झौता गर्दै दशैंमा फिल्म आउने उल्लेख गरेका छन् ।

ती पाँच फिल्ममध्ये अहिलेसम्म निर्माण पुरा भएको ‘ह्रस्वदीर्घ’ मात्र हो । अन्य फिल्मको छायांकन हुन बाँकी छ । पाँच नेपाली फिल्मले दशैंमा आउने दावी गरिरहँदा, सो मितिमा विदेशी फिल्म पनि आउने निश्चित छ । जसले गर्दा, दशैंमा फिल्म प्रदर्शनका लागि निर्माताबीच होड चल्ने पक्का छ ।

चाडपर्वमा फिल्म रिलिज गर्दा कमाइ राम्रो हुने आशाका साथ निर्माताले दशैंमा फिल्म ल्याउन चासो देखाएका हुन् । तर, दशैंमा रिलिज गर्दा फिल्म व्यवसायिकरुपमा सफल हुन्छ भन्ने आशालाई पछिल्लो दशैंमा रिलिज भएको ‘भष्मे डन’ले खण्डन गरिदिएको छ । जसले गर्दा, चाडपर्वभन्दा फिल्मको क्राफ्ट नै बलियो हुनुपर्छ भन्ने सन्देश भष्मे डनले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?