+
+
Shares

माग्ने बूढाको जन्मदिनमा दीपकको शुभकामना : ‘यो दोस्ती तोड्नेछैनौं’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १३:१९

काठमाडौं । माग्ने बूढा नामले प्रसिद्ध कलाकार केदार घिमिरे बुधबार जन्मदिन मनाउँदैछन् । उनलाई सुरुमै प्रश्न गरियो– उमेर कति भयो ? तर उनले उमेर नभन्ने बताए ।

‘अबदेखि उमेर नभन्ने’ माग्ने बुढाले भने । गुगलले उनको उमेर चाहिं ४७ वर्ष बताउँछ ।

बिहानैदेखि उनलाई जन्मदिनको शुभकामनाको ओइरो छ । विशेषगरी उनका ‘छक्कापञ्जा’ को-स्टार दीपकराज गिरीले आफ्नो अभिनय करिअरको ‘दोस्तीयारी’को सम्झना गर्दै शुभकामना दिएका छन् ।

‘यह दोस्ती हम नहीं तोडेंगे’ भन्दै दीपकले केदारलाई जन्मदिनको शुभकामना लेखेका छन् । आफूले वीरगञ्ज पुगेर धर्मेन्द्रको फिल्म शोले हेरेपछि आफूलाई बीरु सम्झेर जयजस्तै साथी खोज्दा माग्ने बुढा भेटिएको दीपकले स्मरण गरेका छन् ।

उनी लेख्छन्, ‘स्कुल पढ्दै थिएँ, त्यतिबेला हिन्दी फिल्म ‘शोले’को चर्चा खूब सुनिन्थ्यो ! धर्मेन्द्रको फिल्म नेपालमा अघोषित प्रतिबन्धजस्तै थियो त्यसैले यो फिल्म हेर्न रक्सौल पुगें । हलबाट निस्किंदा एउटा गीत मुखमै झुण्डियो । ‘यह दोस्ती हम नहीं तोड़ेंगे’ । त्यति मात्रै होइन आफूलाई बिरू सम्झेर जय जस्तै साथी भए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो, तर पाइएन ।’

दीपक अगाडि लेख्छन्, ‘आजकलको स्वार्थी संसारमा साथीको लागि सिक्का टस गर्दै आफूलाई मृत्युको मुखमा पार्ने साथी कहाँ पाउनु ? पछि उमेर बढ्दै गयो महसुस हुन थाल्यो । ठ्याक्कै जयजस्तै साथी पाउन त म पनि बिरू जस्तै निस्वार्थी हुन जरुरी थियो । फिल्मको पर्दामा देखिएजस्तै जय र बिरू नपाए पनि काम गर्दै जाँदा करिब–करिब त्यस्तै लाग्ने साथी भेटिंदो रहेछ । विगत ११ वर्षदेखि माग्ने बूढा ‘केदारप्रसाद घिमिरे’ र म ‘हामी’ भएर निरन्तर काम गरिरहेका छौं ।’

‘हाम्रा एकअर्काका धेरै कमी कमजोरी, स्वार्थ पनि होलान् तर निरन्तर सहकार्य गरिरहेका छौं । अघि बढिरहेका छौं । संयोग पनि कस्तो फिल्म हेरेर कल्पना गरेको जय र बिरू, आखिर फिल्म निर्माणकै क्रममा भेटियो,’ दीपक लेख्छन्, ‘मेरो प्रिय भाइ, प्रिय साथी केदार जन्मदिनको हार्दिक शुभकामना, ‘यह दोस्ती हम नहीं तोडेंगे ।’

कामको कुरा गर्दा केदार र दीपकले वैशाख अन्त्यदेखि छायांकन तयारीमा रहेको फिल्म ‘छक्कापञ्जा ५’ मा सहकार्य गर्दैछन् । अहिले यो फिल्मको पटकथा सकिएर संवाद लेखनको काम सुरु भएको छ । सम्राट बस्नेतको ‘कंगारु’मा पनि उनी देखिंदैछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?