७ पुस, काठमाडौं । सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणलाई नेपाल र जापानबीच ऋण सम्झौता भएको छ । राजधानी प्रवेश गर्ने मुख्य नाकामा बन्ने यो सुरुङमार्ग बनाउन जापान सरकारले दिने १५ अर्ब २८ करोड सहुलियत पूर्ण ऋण दिनेछ ।
अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सहयोगसम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । लगतै जापानी सहयोग नियोग जाइका र अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायत समन्वय समितिलबीच ऋण सम्झौता भएको छ ।
नेपाल सरकारले मंसिर दोस्रो साता जापानले दिने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।
यो सडकखण्ड कुल ६ किलोमिटरको हुनेछ । तर यसको सुरुङ भने २.४५ किलोमिटरको मात्रै हुनेछ । घन्टांै जाममा बस्नुपर्ने बाध्यता मात्रै होइन, सीतापाइलादेखि नौबिसे सडकखण्ड पनि अहिलेको भन्दा ८ किमी छोटिनेछ ।
यो सडक खण्ड अन्र्तगतको सुरुङ सीतापाइला नजिकैको बस्नेत छापदेखि धादिङको सिस्नेखोलासम्म निर्माण गरिनेछ । सुरुङमार्गमा दु्ईवटा पुल र २ वटा कल्भर्टको पनि निर्माण हुनेछ । १२ मिटर चौडाइको यो सडकमा दुवैतिर १/१ मिटरको पैदलयात्रीले प्रयोग गर्ने पेटी राखिने छ । सुरुङमा १४ वटा भेन्टिलेटर र जेट फ्यान राखिनेछ ।
सुरुङमार्ग २ लेन प्लस वान लेन मापदण्डको हुन्छ । २ लेन प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ । एकपटि्टको सडक २ लेन हुँदा अर्काेपट्टिको सडक १ लेनमा परिणत हुन्छ । यस्तो कार्य भने फेरबदल भइरहन्छ ।
अहिले राजधानीको मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौ प्रवेश गर्नलाई नौबिसेदेखि झन्डै २ देखि ३ घन्टा लाग्छ । जामका बेलामा भने यसको समयावधि अझै लम्बिन्छ । तर, यो सुरुङ निर्माण भएपछि ट्राफिक जामको समस्या समाधान हुन्छ । त्यसपछि नौबिसेबाट २० मिनेटमै सुरुङमार्ग हुँदै सुरक्षितरुपमा काठमाडौं आइपुगिन्छ ।
यी पनि पढ्नुहोस्
सीतापाइला-नौबिसे सुरुङ निर्माणको ढोका खुल्यो, जापानले दिने १७ अर्ब ऋण स्वीकृत
प्रतिक्रिया 4