+
+
Shares

सिक्टा सिँचाइको ब्यारेज निर्माणको काम सकिँदै

रासस रासस
२०७३ पुष ७ गते १०:४२

sikta-sichai
७ पुस, खजुरा (बाँके) । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको ब्यारेज निर्माणको काम करिब सकिएको छ । अहिलेसम्म ९९.९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

ब्यारेजको काम पनि पूर्णरुपले सकिएकाले अब फिनिसिङको काम मात्र बाँकी रहेको बताइएको छ । आगामी जेठ १५ देखि असार १५ सम्ममा जेठीनालासम्म सिँचाई पुर्याउने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका प्रमुख रमेश बस्नेतले जानकारी दिए ।

यसअघि परीक्षणका क्रममा नहर भत्किएपछि धेरैले आयोजनामाथि शङ्का गरेका थिए । ठूलाठूला आयोजनामा काम गरेको अनुभवका आधारमा यस्ता त्रुटि देखिनु सामान्य भएको उनले बताए । पानी बिस्तारै छोड्नुपर्नेमा एक्कासि प्रतिसेकेन्ड २५ हजार लिटर पानी छोडेकाले यो समस्या देखिएको उनले बताए ।

राष्ट्रिय गौरवको आयोजनामा बजेटको कहिल्यै कमी नहुने बताउँदै उनले भने , “बजेटको कमीले काममा यस्ता समस्या देखिएको भन्ने प्राविधिकबाट आएको भनाइ गलत हो ।” उनका अनुसार सिक्टा सिँचाई आयोजनाको अहिले जेठीनालासम्मको ३५ किलोमिटरदेखि ४५.२५० किलोमिटरसम्म निर्माण भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?