
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- भारतीय सेनाले ‘अपरेशन सिन्दूर’मा एक सयभन्दा बढी आतंकवादी मारिएको जनाएको छ।
- सैनिकहरूले लक्षित आक्रमणमा उच्च नेतृत्वका आतंककारीहरू समेत मारिएका छन्।
- अभियानले पुलवामा विस्फोट र आईसी ८१४ अपहरण घटनामा संलग्न आतंककारीहरूलाई लक्षित गरेको थियो।
२८ वैशाख, काठमाडौं । भारतले ‘अपरेशन सिन्दूर’मा एक सयभन्दा बढी आतंकवादी मारिएको जनाएको छ ।
भारतीय सेनाले आइतबार साँझ पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।
पत्रकार सम्मेलनमा सेनाका लेफ्टिनेन्ट जनरल राजीव घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती तथा नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दुरबारे जानकारी दिए ।
घइले ब्रिफिङको क्रममा सेनाले आतंकवादी लुकेका ९ स्थानमामा सटीक लक्ष्यका साथ आक्रमण गरेको र ती आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिएको बताए ।
उनले अभियानको क्रममा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमदजस्ता उच्च नेतृत्वका आतंककारी मारिएको जानकारी दिए । मारिएका तीनैजना पुलवामा विस्फोट र आईसी ८१४ अपहरण घटनमा पनि संलग्न रहेको भारतीय सेनाले जनाएको छ ।
प्रतिक्रिया 4