Comments Add Comment

सुनकोसी नदीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा

७ पुस, गाईघाट (उदयपुर) । गाईघाट—दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको बीचमा पर्ने सुनकोसी नदीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

गत मङ्सिर १३ गतेदेखि सुनकोसी नदीमा बेलिब्रिज जडान कार्य सुरु भएको र हाल जडान कार्य अन्तिम चरणमा पुगेको र चार दिनभित्र पुल जडान कार्य सम्पन्न हुने भएको कुरा पुल जडानमा संलग्न निर्माण व्यवसायी प्रेम कार्कीले बताए ।

पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेको उक्त बेलिब्रिज जडान कार्य सम्पन्न हुने बित्तिकै यसलाई सञ्चालन गरिन लागेको कुरा गाईघाट—दिक्तेल सडक कार्यालयले बताएको छ ।

सुनकोसी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा फुकालिएको उक्त बेलिब्रिज मङ्सिर १३ देखि जडान कार्य सुरु भएको हो ।

बेलिब्रिजको अभावमा उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन सञ्चालन हुन सकेका थिएनन् भने दुवै जिल्लाका सवारीसाधन सुनकोसी वारि र पारिसम्म मात्र सञ्चालन हुँदै आएका थिए ।

पुलको अभावमा यात्रुले सास्ती भोग्दै आउन परेको भए तापनि अब पुल जडान भएपछि गाईघाटदेखि दिक्तेलसम्म सिधै सवारीसाधन सञ्चालन हुने भएको गाईघाट—दिक्तेल सडक कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment