+
+

‘छक्का पन्जा’को सेलिव्रेशनमा जब ‘धुर्मुस’ले नमुना बस्तीको कुरा गरे(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ७ गते १४:३०

dhurmush-pic-news
‘मैले नै हो यो देश बनाउने भन्ने भावना ठानेर तपाइहरुले अझै सहयोग गर्नुहुन्छ भन्ने लागेको छ’, चलचित्र ‘छक्का पन्जा’को सय दिने सेलिव्रेशन कार्यक्रममा कलाकार सिताराम कट्टेलले यसरि सबैलाई साथको लागि आग्रह गरे ।

गिरान्चौरमा ‘नमुना बस्ती’ तयार पारेपछि ‘धुर्मुस-सुन्तली’ फाउन्डेनश’ले तेश्रो पटक महोत्तरी जिल्लाको वर्दिवासस्थित मुसहर समुदायका लागि ‘एकिकृत नमुना बस्ती’ तयार पार्दैछ ।

सितारामको पुरा मन्तव्य यहाँ हेर्नुहोस्ः


सेलिव्रेशन कार्यक्रममा जब, सितारामलाई मन्तव्यका लागि निमन्त्रणा गरियो, उनले बस्ती निर्माणको कुरा गर्नमै समय खर्चिए । धेरैले उनलाई ‘कमरेड’ जस्तो देखिएको भन्दै प्रतिक्रिया पनि दिएका थिए । उनले, कलाकारले चाहे भने देश बनाउन सक्छन् भन्ने पुष्टी भएको पनि बताए ।

उनले मन्तव्यको सुरुवातमै आफूलाई आज ‘दुःख’ पनि लागेको बताएका थिए । आफू बिहान ८ बजे आउने भनेर घरबाट हिडेपनि २ बजेमात्र आएको भन्दै उनले दुःख व्यक्त गरे ।

उनले सबै नेपाली चलचित्रले सय दिन मनाउन् भनेर शुभकामना पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?