Comments Add Comment

विप्लव माओवादीका प्रवक्ताले भने- भ्रष्टाचारीहरु निशानामा छन्

देशैभरि 'जन कारवाही' गर्ने पार्टीको नीति रहेको दाबी

Khadga Bahadur BK, Prakand

७ पुस, काठमाडौं । अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतभित्रै हातपात गर्ने र कालोमोसो दल्ने कार्यमा विप्लव नेतृत्वको नेकपा माओवादीको संलग्नता पुष्टि भएको छ ।

बिहीबार आफूविरुद्धको मुद्दाको सुनुवाइका क्रममा अदालतमा हाजिर भएका कार्कीलाई अपरान्ह ४ बजेपछि माओवादी कार्यकर्ताले अनुहारमा कालोमोसो दलेर माओवादी जिन्दावादको नारा लगाएका थिए ।

लोकमानमाथि हातपातपछि भाग्न खोजेका उनीहरुलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।

घटनाबारे बुझ्न खोज्दा नेकपा माओवादीका प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अनलाइनखबरसँग भने- ‘देशभरिका भ्रष्टाचारी, राष्ट्रघाती र कालोबजारियाहरु हाम्रो संघर्षको निशानामा छन् ।’

प्रवक्ता बिकले देशैभरि भ्रष्टाचारीमाथि जनकारवाही गर्ने पार्टीको नीति नै रहेको बताए ।

तर, लोकमानमाथि किन कारवाही गरिएको भन्ने प्रश्नमा उनले भने, ‘त्यस विषयमा मैले बुझ्नै पर्छ, व्यक्तिगत विषयतिर नजाऔं, यति भिनसकेपछि तपाईहरुले बुझिहाल्नुभयो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment