News Summary
Generated by OK AI. Editorially reviewed.- तिब्बततर्फबाट आएको बाढीले बिहान करिब ९ बजे रसुवाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
- जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढी नुवाकोट पुगेको छ र नदी तटीय क्षेत्रका जनतालाई सचेत रहन आग्रह गरिएको छ।
- बाढीले पुर्याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ भने उद्धार तयारीका लागि जिल्ला समन्वय समितिको बैठक बसिरहेको छ।
१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।
बाढीले पुर्याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
नुवाकोट पुग्यो बाढी
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेश प्रसाद नेपालका अनुसार बाढी नुवाकोट आइसकेको छ ।
बाढीले पुर्याएको क्षतिबारे अहिले भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
साथै नदी तटीय क्षेत्रका जनतालाई सचेत रहन आग्रह गरिएको छ ।
उद्धारका लागि तयारी गर्न जिल्ला समन्वय समितिको बैठक बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4