मुम्बई । अभिनेत्री प्रियंका चोपडाले आजसम्म कसैसँग पनि डेटिङमा नगएको दाबी गरेकी छिन् । अक्षय कुमार, शाहिद कपुर, शाहरुख खान र हरमन बावेजासँग उनको नाम जोडिएको थियो ।
प्रियंकाको भनाई अनुसार उनी साथीको रुपमा पुरुषहरुसँग संगत गर्छिन तर, आजसम्म डेटिङको वारेमा सोचेकै छैन । ‘मैले जुन दिनसम्म बिहे गर्दिन त्यही दिनसम्म म सिंगल हुँ’ उनले भनिन् ।
पछिल्लो समय हलिउडमा ब्यस्त हुन पुगेकि प्रियंका अहिले अमेरिक टिभी शो ‘क्वान्टिको-२’ मा ब्यस्त छिन् । त्यसो त हलिउड फिल्म बेवाचको प्रतिक्षामा छिन् उनी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4