+
+

दुबइमा ‘धुर्मुस–सुन्तली फाउन्डेशन’लाई ४० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ९ गते ११:०२

dhurmus-suntali-help
‘तेश्रो एकिकृत बस्ती निर्माण’को घोषणा गरेको ‘धुर्मुस सुन्तली’ फाउण्डेशनलाई ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लिनिक कम्पनीको तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर ‘धुर्मुस सुन्तली’लाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

‘नेफ्टा अवार्ड’मा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफू पुगेको उनले बताएका छन् । उनले भने–‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन, त्यसैले तेश्रो बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ ।’

उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए । आफुले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरि फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफुले सकेको सहयोग गरेको उनको भनाई छ ।

यस्तै, फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफुलाई निकै प्रफुल्लीत तुल्याएको बताएका छन् । देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफुहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ ।

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्, त्यसैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैलाई आग्रह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?