Comments Add Comment

बलिउड निर्देशकको ‘मेरो पैसा खोइ’मा बर्षालाई चर्को पारिश्रमिक

barsha
यस्तो लाग्दैछ, चलचित्र क्षेत्रले नायिका बर्षा राउतलाई राम्रै साथ दिइरहेको छ । एकपछि अर्को चलचित्रमा सफल भएपछि एकाएक चर्चाको शिखरमा रहेकी यी सुन्दरी अहिले एक चलचित्रमा चर्को पारिश्रमिकमा अनुवन्धित भएको खबर सार्वजनिक भएको छ ।

निर्माता रोज राणाले निर्देशन गर्न लागेको चलचित्र ‘मेरो पैसा खोई ?’मा बर्षा लिड नायिकाको रुपमा अनुवन्धित भएकी हुन् । सुरुमा उनलाई यो चलचित्रको नाम नै मन परेको थिएन । यसैले, नगर्ने बहानामा उनले चर्को पारिश्रमिक भनिदिइन् । तर, बलिउड चलचित्र ‘भूतनाथ’ निर्देशन गरेका विवेक शर्माको आँखामा बर्षा परेकी थिइन् ।

बर्षाको चर्को पारिश्रमिक डिमाण्डपछि यसका निर्माता रोज राणाले मन बदलेका थिए । तर, नायिका नै चाहिने भनेर निर्देशकले भनेपछि उनलाई मोटो रकम दिइएको हो ।

अधिकांश नायिकाले लिने ५० हजारदेखि ३ लाखसम्मको पारिश्रमिक हो । उनलाई यो भन्दा धेरै रकम दिइएको छ, जुन बर्षाले नै मागेकी थिइन् । माघ १५ गतेबाट छायांकनमा जाने यो चलचित्रमा सौगात मल्ल, बर्षा सिवाकोटी, सागर तिवारी, वुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रलाई नेपाली र हिन्दी भाषामा तयार गरिनेछ ।

बर्षाले के अब, यो चलचित्रमा लिए जत्ती पारिश्रमिक अरु नेपाली चलचित्रमा पनि लिन्छिन् या लिदिनन्, यो भने प्रतिक्षाको बिषय रहनेछ ।

बर्षासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment