कतिपय नायिकाहरु ‘सेक्स सिम्बोल’ कहलाउन लाज मान्छन् । तर बलिउड अभिनेत्री प्रियंका चोपडा उनीहरुमा पर्दिनन् । आफूलाई सेक्स सिम्वोल भन्ने गरिएकोमा उनको कुनै आपत्ति छैन ।
३४ वर्षिय अभिनेत्रीले ‘हट’ देखिनु आफ्नो जीवनको लक्ष्य नभए पनि यो आफ्नो पेशाको एक हिस्सा भएको बताइन् । उनले भनिन्, ‘ग्ल्यामरस अवतारमा प्रस्तुत हुनु मेरो कामको हिस्सा हो । जब मानिसहरुले मलाई सेक्स सिम्बोल भन्छन् यसमा मेरो कुनै दुखेसो हुँदैन । किनकी म एक अभिनेत्री हुँ र मेरो कामको प्रकृति नै यस्तै छ ।’
उनले अगाडि भनिन्, ‘म हट देखिन चाहन्छु तर यसको मतलब यो होइन कि म केवल यही लक्ष्य बोकेर हिँडिरहेकी छु ।’ प्रियंका चाँडै नै हलिउड फिल्म बेवाचमा ड्वेन जोन्सनका साथ देखिँदैछिन् । उक्त फिल्ममा प्रियंकालाई हट अवतारमा देख्न पाइने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4