+
+

के छ निखिलको ‘किङ्ग’को दोश्रो ट्रेलरमा ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १० गते १६:०८

nikhil upreti in king
निर्माता जयन श्रेष्ठले आफू निर्मित चलचित्र ‘किङ्ग’को दोश्रो ट्रेलर पनि सार्वजनिक गरेका छन् । पहिलो ट्रेलरबाट दर्शकको माया र साथ पाएपछि उपहार स्वरुप दोश्रो ट्रेलर पनि दर्शकमाझ ल्याएको उनको भनाई छ ।

साथै, यो चलचित्र अब पौष २८ गतेबाट नेपालभर चल्ने भएको छ । पौष २९ गते शुक्रबारबाट चलचित्र चल्ने बताइएपनि अब बिहिबारबाटै चलचित्र हलमा लाग्नेछ ।
जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा निखिल उप्रेती, अनुप विक्रम शाही र वेनिशा हमाल मुख्य भूमिकामा छन् ।

चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । पहिलो ट्रेलरमा एक्सनलाई महत्व दिइएको थियो । दोश्रो ट्रेलरमा पनि अनुप र निखिलविचकै लडाइलाई महत्व दिइएको छ । वेनिशाका लागि अनुप र निखिलविच हुने युद्धमा यो चलचित्र घुमेको ट्रेलर हेरेपछि वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?