Comments Add Comment

‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा

sharebata-karodpati११ पुस , काठमाडौं । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । विमोचन भएको एक हप्तामै पहिलो पाँच हजार प्रति बिक्री भएको पुस्तकको दोस्रो सँस्करण गत असारमा बजारमा आएको थियो ।

लेखक भट्टराईका अनुसार गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हाल सम्म दशहजार प्रति विक्री भइसकेको छ । भट्टराईका अनुसार तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको छ साथै भाषागत त्रुटि हटाइएको छ ।

पुस्तकको प्रतिक्रिया देखेर आफू उत्साहित भएको लेखक भट्टराई बताउँछन् । ‘सोसल मिडिया र इमेल मार्फत आएका पाठकका प्रतिक्रियाले अझ बढी उत्साहित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment