Comments Add Comment

नीशाको लगानीमा वेनिशा हिरोइन, कमेडी कथामा बन्नेछ फिल्म

nisha-and-benisha
नेपालमा नायिकाहरु निर्मात्री बन्ने क्रम चलेको धेरै भैसक्यो । झरना थापादेखि रेखा थापासम्मले चलचित्र निर्माण गरिरहेका छन् । अब, नायिका शिल्पा पोखरेल पनि निर्मात्री बन्दैछिन् । आफै चलचित्रमा लगानी गर्दा करिअर लामो समयसम्म सुरक्षित रहने विश्वास नायिकाहरुको छ ।

अब, नायिका नीशा अधिकारी पनि निर्मात्री बन्ने तयारीमा छन् । उनले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टका लागि हाल लोकेशन हन्टिङको काम भैरहेको छ ।
चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । चलचित्रमा नीशा र सिमोसको लगानी रहनेछ ।

अहिले लोकेशन खोजीका लागि लम्जुङको घले गाउँमा नीशा र सिमोस पुगेका छन् । द एल्लो ब्याण्ड क्रियसनको ब्यानरमा यो चलचित्र बन्नेछ । नीशाले चलचित्रको बारेमा विस्तृत जानकारी पत्रकार सम्मेलन गरेरै दिने बताएकी छिन् ।

चलचित्रमा आफू क्रियटिभ डिरेक्टरको रुपमा पनि प्रस्तुत हुन लागेको बताउँदै नीशाले अहिले मिहिनेत गरिरहेको बताइन् । चलचित्रमा नायिका वेनिशा हमालको मुख्य भूमिका रहनेछ । कमेडी कथामा यो चलचित्र बन्ने वुझिएको छ ।

वेनिशा र नीशासँग गरिएको मस्ती टकको भिडियोहरु यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment