Comments Add Comment

‘सारी लगाएको महिला हेर्न कसैले पैसा खर्च गर्दैन’

tammanaमुम्बई । हाल रिलिज भएको तमिल फिल्म ‘काठती सांदाई’ को प्रमोशनको क्रममा दिएको अन्तरर्वार्ताको क्रममा निर्देशक सुरजले यस्तो बयान दिएपछि उनले माफी नै माग्नु पर्‍यो ।

सुरजले भनेका थिए ‘म बी र सी क्लासका दर्शकका लागि फिल्म बनाउँछु । हाम्रो हिरोइनले दर्शकलाई खुसी बनाउन छोटो कपडा लगाउनुपर्छ’ ।
उनले यो पनि भने ‘म आफ्नो डे्रस डिजाइनरलाई पहिल्यै भनिदिन्छु हिरोइनको डे्रसले घुँडा छोप्न पाइदैन । साडी लगाएकी महिलालाई हेर्नका लागि कसैले पैसा खर्च गर्दैन’ ।

उनले आफ्नो चलचित्रकी नायिका तमन्ना भाटियाको ग्ल्यामरस लुक्स हेर्दै यो टिप्पणी गरेका थिए । उनले सोचेका थिए आफ्नो यो भनाईलाई दर्शकले हाँसी मजाकको रुपमा लिन्छन् । तर, तमिल चलचित्र उद्योगकी नायिका नयनताराले निर्देशकको उक्त भनाईको कडा शब्दमा आलोचना गरिन् । ‘सुरज को हो नायिकाको वारेमा यस्तो तुच्छ टिप्पणी गर्ने ?’ नयनताराले टिप्पणी गरिन् ‘हिरोइनले कहिल्यै पैसाको लागि कपडा उतार्दिनन्, मात्रै कथाको माग अनुरुप काम गर्छिन्’ ।

चलचित्रकी नायिका तमन्नाले सुरजले आम महिलाको मान मर्दन गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने टिप्पणी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment