Comments Add Comment

यी हुन् बलिउडले यो बर्ष गुमाएका हस्तीहरु

pratyusha-banerjee1

मुम्बई । सन २०१६ सकिनै लाग्दा बलिउडकर्मीहरु अघिल्लो वर्षको लेखाजोखामा लागेका छन् । के पायौं के गुमायौं ? यस वर्ष बलिउडका केहि लोकप्रिय कलाकारको निधन भएकाले बलिउड केहि दिन शोकमा डुब्यो । लोकप्रिय कलाकार मध्ये कतिले आफ्नै घरको पंखामा झुण्डिएर मृत्युवरण गरे त कतिलाई हृदयघात भयो । हेरौं यो वर्ष संसारवाट विदा लिने को-को रहेछन्ः

प्रत्युषा बनर्जीः बालिका बधु अभिनेत्री प्रत्युषा बनर्जी १ अप्रीलमा आफ्नै फल्याटमा झुण्डिएको अवस्थामा भेटिइन् । प्रेमीले दिएको तनाबले उनले आत्महत्या गरेको प्रहरिले प्रारम्भिक अनुमान गरेको छ । प्रत्युषाको निधन भएको ठिक एक महिनापछि १ जुनमा रज्जाक खानको निधन भयो । हंगामा, क्योकि मैं झुठ नही बोलता, इश्कलगायतका फिल्ममा अभिनय गरेका रज्जाकको हृदयघातको कारण निधन भएको थियो ।

हिन्दी धाराबाहिक सिरियल राममायणमा विभिषणको भुमिका निर्वाह गरेका मुकेश रावलको हत्या गरेको अवस्थामा रेलस्टेशन छेउमा शब भेटिएको थियो । उनको हत्या किन र कसले गर्‍यो अझै कारण खुलेको छैन । गायिका शान जोन्सज फेब्रुअरी पाँचमा आफ्नै फल्याटमा मृत भेटिएकि थिइन् ।

लगान, स्वदेश जस्ता चलचित्रमा अभिनय गरेका राजेश विवेकको १४ जनावरीमा हृदयघातको कारण निधन भएको थियो । पूर्व अभिनेत्री एवं राजनीतिज्ञ जयललिताको डिसेम्बर पाँचमा हृदयघातले निधन भएको थियो । मलायम नायिका कल्पना रञ्जनीको पनि २५ जनावरीमा हृदयघातको कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment