Comments Add Comment

द्वन्द्वकालमा विस्थापित छोटीभन्सार अझै पुनःस्थापन भएन, लाखौंको राजश्व चुहावट

taskari

१४ पुस, कैलाली । द्वन्द्वकालमा विस्थापित कञ्चनपुरको दक्षिणपूर्वी क्षेत्रका छोटी भन्सार कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । सीमाका छोटी भन्सार पुनःस्थापना नहुँदा वर्षेनी लाखौं राजस्व गुम्नुका साथै अवैध समान निकासी-पैठारी समेत बढेको छ ।

कञ्चनलपुरसँग सीमा जोडिएका भारतीय सीमानामा छोटी भन्सार कार्यालयहरु पुनःस्थापनाका लागि अहिलेसम्म कुनै पहल हुन सकेको छैन । भारत र नेपालतर्फ बजारको राम्रो सम्भावना रहेकाले छोटी भन्सारहरू छिटो पुनःस्थापना गर्नुपर्ने स्थानियको माग छ ।

द्वन्द्वकाल अघि कञ्चनपुरको दक्षिणपूर्वी क्षेत्रको खिरिया र बिचफाँटामा रहेका २ ओटा छोटी भन्सार कार्यालय अझै स्थापना हुन सकेका छैनन् । व्यापारिक नाकामा भन्सार कार्यालय चाँडो स्थापना गरे राजश्वमा बृद्धि हुनुका साथै अबैध आयात निर्यात पनि रोकिने स्थानिय बुद्धिजिवी धनबहादुर जिसीले बताए ।

भारतीय बजार पलिया, सम्पुर्णानगर, बसही तथा खजुरिया क्षेत्रबाट दैनिक लाखौँ मूल्यका सामान कर नतिरी नेपाल भित्रिरहेको छ । सीमा क्षेत्रमा प्रहरी सुरक्षा पोस्ट तथा भन्सार कार्यालय नहुँदा दैनिक लाखौँको राजस्ब घाटा हुनुका साथै अबैध सामान नेपाल भित्रिने गरेको छ । पटक-पटक सम्बन्धित निकायलाई समस्याबारे जानकारी गराउँदा समेत कुनै सुनुवाइ हुन नसकेको स्थानीय लबबहादुर शाहीले बताए ।

भन्सार प्रमुख मदन दाहालले तत्काल ति स्थानहरुमा भन्सार कार्यालय स्थापना गर्ने कुनै सम्भावना नरहेको बताए । उनले कर्मचारी र कार्यालय भवनको अभावका कारण कुनै सम्भावना नरहेको तर भन्सार स्थापनाको लागि विभागलाई जानकारी गराइएको दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment