Comments Add Comment

हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ति आँखा शिविर

२० चैत, वीरगञ्ज । वीरगञ्जस्थित माटि्रका आई फाउन्डेशनले हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती आँखा शिविर सञ्चालन गरेको छ ।

पहल संस्थाको समन्वय माटि्रका आई फाउन्डेशनले हावाहुरीले बढी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका-१ भलुही भलवरिया र वडा नं ४ पुरैनियामा आँखा चेकजाँच शिविर सञ्चालन गरिएको हो ।

शिविरमा हावाहुरीका कारण आँखामा समस्या देखिएका ३५ परिवारको आँखा जाँच गरिएको पहल संस्थाका अध्यक्ष दिलिपराज कार्कीले जानकारी दिए ।

शिविरमा माटि्रका आई फाउन्डेशनका मेडिकल को-अर्डिनेटर डा महेश सिंह धामी नेतृत्वको १५ सदस्यीय टोलीले आँखाको जाँच गरेका थिए ।

विशेषगरि हावाहुरीका कारण स्थानीयको आँखामा चोटपटक लागेर रगत जमेको, आँखामा इन्फेक्सन देखिएको, आँखा दुख्ने चिलाउने समस्या देखिएको डा धामीले बताए ।

शिविरमा ९ जनाको आँखाबाट कसिंगर समेत निकालिएको थियो । प्रभावितहरुको घर घरमा पुगेर आँखामा समस्या देखिएको छ कि छैन ? भनेर सोधीसोधी उपचार गरिएको माटि्रका आई फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment