+
+
Shares

डीडीसी कारखानाको क्षमता बिस्तार हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते १८:५७

२० चैत, विराटनगर । ‘मिल्क होलिडे’बाट पीडित किसानलाई राहत दिन प्रदेश १ सरकारले पाउडर दूध कारखाना खोल्ने भएको छ ।

दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउने कारखाना खोलेपछि किसानहरुले ‘मिल्क होलिडे’ को समस्या भोग्न नपर्ने प्रदेश सरकारको विश्वास छ । त्यसको लागि कुल १० करोड बजेट छुट्याएको छ ।

पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगरस्थित पाउडर कारखानाको स्तरोन्नति र क्षमता बिस्तार गर्ने काम थालिएको छ । त्यसका लागि पहिलो चरणमा प्रदेश सरकारबाट पाँचकरोड रुपैंया आएको डीडीसीका बिराटनगर कार्यालयका निमित्त प्रमुख निलकण्ठ गौतमले बताए ।

‘उपकरण खरिदका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको छ । आउँदो असारबाट कारखाना सञ्चालन गर्ने योजना छ’, उनले भने, ‘उपकरण खरिदका लागि कुल आठकरोड रुपैयाँ चाहिनेमा तिनकरोड डिडिसिले लगानी गर्दैैछ ।’

अहिले विभिन्न जिल्लाबाट दैनिक ४० हजार लिटर दूध संकलन हुने गरेको छ । डीडीसीको कारखानाले त्यसमध्ये ३० हजार लिटरको ३ मेट्रिक टन पाउडर दूध बनाउने गरेको छ । डीडीसीका निमित्त प्रमुख गौतमले अब दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउनेगरि कारखानको क्षमता बिस्तार गरिने बताए ।

डेनमार्क सरकारको सहयोगमा २०५१ सालमा स्थापित कारखानाको क्षमता २०७४ माघमा दोब्बर बनाइए पनि उत्पादन तीन टनमा सिमित छ । परिणाम्, दूध संकलकहरुले सातामा दुई/तीन दिन ‘मिल्क होलिडे’ भन्दै दूध नकिन्दा किसानहरु मारमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?