+
+
Shares

करेन्ट लागेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते १८:१०

२० चैत, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु गएको छ ।

विन्दवासीनी गाउँपालिका वडा नं ४ अमरपट्टीका ३५ बर्षका दिनेश चौरसियाको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको विद्युत सप्लाई व्यवस्थापन गर्न प्लकमा काम गर्दै गर्दा चौरसियालाई बिहान ८ बजेतिर करेन्ट लागेको थियो । गम्भीर घाइते अवस्थामा चौरसियालाई उपचारको लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा पुर्‍याइएको थियो ।

अस्पतालले चौरसियालाई मृत घोषित गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रराज मल्लले जानकारी दिए ।

चौरसियाले असावधानीपूर्वक करेन्टको काम गरेका कारण उनलाई करेन्ट लागेको आशंका गरिएको छ । चौरसियाको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?