Comments Add Comment

५ आरोपमा ‘सुचित्रा श्रेष्ठ’: तपाई आएपछि निर्देशक समाज सुस्तायो नि ?’

suchitra
नेपाली चलचित्रमा पहिलो महिला निर्देशकका रुपमा चिनिन्छिन् सुचित्रा श्रेष्ठ । अहिले निर्देशक समाजको अध्यक्ष रहेकि श्रेष्ठ कुनै बेला पत्रकारितामा पनि संलग्न थिइन् । कबिता लेख्दै पत्रकारिता हुँदै निर्देशन क्षेत्रमा लागेकि सुचित्रा अहिले कबिता संग्रह प्रकाशनको तयारीमा जुटेकि छिन् । उनै श्रेष्ठलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. तपाई निर्देशक समाजको अध्यक्ष भएपछि समाजको गतिविधी सुस्त भयो भन्छन् नि ?
कुनै पनि संघसंस्था एउटा ब्यक्तिले चलाउने होइन । संघसंस्था गतिशिल हुनका लागि त्यस संस्थामा आबद्ध सबै सदस्यको भुमिका उत्साहप्रद हुनपर्छ, त्यो हुन सकेको छैन । केही प्राविधिक एवं पुराना कामहरु मिलाउनु पर्ने पनि भएकाले सुस्त जस्तो भएको हो तर, हामी दैनिक काममा खटिरहेका छौं ।

२. निर्माता संघमा निकै ठूलो विवाद छ तर, समाजले विवाद मिलाउन पहलै गरेन भन्ने सुनिन्छ ?
हो, निर्माता संघमा विवाद छ हामीले पनि बुझेका छौं । विवादको वारेमा हामीले पनि चासो राखेका थियौं । तर, संघका साथीहरुले यो हाम्रो आन्तरिक विवाद हो हामी मिलाउछौ भनेपछि हामीले हस्तक्षेप गर्न आवश्यक ठानेनौं । भोली ठूलै समस्या पर्‍यो भने हामी समस्या समाधानका लागि पहल गर्छौ र एक भएर जानुको कुनै विकल्प छैन । त्यसका लागि पहल गर्छौ ।

३. धेरै चलचित्र घोषणा गर्नुहुन्छ तर, बनाउनुहुन्न भन्ने छ नि ?
यसअघि घोषणा गरेको चलचित्र बनाएको छु । हिन्दी चलचित्र ‘चक्र’ बनाउने भनेर घोषणा गरेको हो । त्यो पनि हामीले जनवरीमा सुरु गर्ने भनेका थियौ । तर, कथाको काम नसकिएर हो । ढिलोमा मार्चसम्म सुरु हुन्छ ।

४. निर्देशक समाजले विगतमा सिर्जनात्मक काम गथ्र्यो तर, अहिले छोड्यो भन्छन् नि ?
हामीले घोषणा मात्रै नगरेको हो । हामी राम्रै कार्यशालाको तयारी गर्दैछौ । ४०/५० जनाको टिम सहभागी गराएर गरिने कार्यक्रम राम्रैसँग गर्नुपर्छ । त्यसका लागि स्रोत पनि जुटाउनुपर्छ । अहिले हामी त्यहि काम गर्दैछौ । सम्भवत माघमा हाम्रो कार्यक्रम हुन्छ ।

५. अहिले समाजमा प्रजातान्त्रिक विचार राख्ने बाहेकको आवाजलाई निषेध गर्ने चलन छ भन्ने आरोप छ नि ?
यो गलत कुरा हो । होला चुनाब ताक को कता, कसले कुन विचार राख्छ भन्ने कुरा भयो होला । तर, अहिले हाम्रो कार्यसमितीमा कुनै राजनितीक वादको कुरा हुँदैन । हामी सबै निर्देशक हौं । चलचित्र कसरि राम्रो बनाउने भन्ने मात्रै कुरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment