Comments Add Comment

पोखरामा अल्ट्रा फ्लाइटको आनन्द (फोटो फिचर)

माछापुछ्रेलाई नजिकैबाट हेर्न पाउँदा मनै भरङ्ग !

pokhara01

माछापुछ्रे हिमाल त हामी सबैले धेरैपटक देखेका छौं । तर, आँखै अगाडि अर्थात सीधै देख्न पाउनुको मज्जा बेग्लै हुन्छ । दर्जनौंपटक पोखरा पुगेर फेवातालको छेउबाट माछापुछ्रे देखे पनि अल्ट्रामा चढ्ने पहिलो अनुभव संगाल्नेहरुले माछापुछ्रेको वास्तविक सुन्दरता देख्न सक्छन् ।

अल्टा फ्लाइटबाट माछापुच्छ्रेलगायत दर्जनौं हिमाल आँखै अगाडि हेर्न पाइन्छ । विशेष गरी माउन्ट फ्लाइटकै लागि अल्ट्राको डिजाइन गरिएको बताउँछन् नेपालकै पहिलो अल्ट्रा फ्लाइट कम्पनी एभिया कल्बका म्यानेजर रिजन रिजाल । उनी  भन्छन्- ‘हुन त जहाजहरुले पनि माउन्टेन फुलाइट गर्छन् तर जहाजको गति बढी हुने र केही टाढाबाट उड्ने भएकाले माउन्टेन फ्लाइटको मज्जा अल्ट्राको जति हुँदैन ।’

रिजाल  भन्छन्- ‘सन् १९९६ देखि निरन्तर रुपमा हामीहरुले पर्यटकलाई अल्ट्रामार्फत उडाइरहेका छौं । पहिले पहिले त विदेशी पर्यटकहरुमात्रै अल्ट्रामा उडान गर्थे, अहिले नेपालीहरु पनि अल्ट्रामा उडान गर्न थालेका छन् ।’

pokhara

 

पोखरमा अल्ट्रा उडान गर्ने तीनवटा कम्पनी छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु बर्षेनी करिब दुई हजारका दरले एभिया क्लवबाट उडान गर्ने गरेको रिजालले बताए । यसमध्ये नेपालीहरु २५ प्रतिशत रहेको उनको भनाइ छ ।

‘कम्पनीको सुरुवातको समयको करीब दुई बर्ष सित्तैमा उडान गरेका थियौं, विभिन्न ट्राभल कम्पनी तथा सरकारी निकायहरुलाई बुझाउनकै लागि पनि यस्तो गर्नु परेको थियो’ रिजालले भने- ‘तर अहिले विस्तारै अल्ट्राको उडानको महत्व र आनन्द बुझ्दै गएर होला, नेपालीहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।’pokhara002

प्यारागलाइडिङमा इञ्जिन नभएका कारण अनि हावाको बेगले हल्लाउने हुँदा अल्ट्रामा उडान गर्दा सजिलो हुनेे रिजाल बताउँछन् ।

पैसा कति लाग्छ ? कहाँ कहाँ पुगिन्छ ?

एभिया कल्बले अल्ट्रामा १५ देखि ९० मिनेटसम्म उडान गरिरहेको छ । यसका लागि नेपालीहरुलाई क्रमश ७ हजार ५ सयदेखि ३३ हजार ५ सय रुपैयाँसम्म लाग्ने उनले बताए ।

१५ मिनेटको उडान समयमा पोखरा उपत्यका, स्तुपा, ओभर फेवा, सराडकोट माथिसम्म उडान गर्न सकिन्छ । ३० मिनेटको उडानमा पोखरा उपत्यका, स्तुपा, ओभर फेवा, र नजिकै सराङकोट र माछापुच्छ्रे हिमालको नजिकै उडान गर्ने गरेका छन् ।pokhara003

त्यस्तै ६० मिनेटको उडानमा पोखरा उपत्यका, स्तुपा, ओभर फेवा, सराडकोट र माछापुच्छ्रे र अन्नपूर्ण हिमाल नजिकै पुग्न सकिन्छ । ९० मिनेटको उडानमा पोखरा उपत्यका, स्तुपा, ओभर फेवा, सराडकोट सहित पोखराबाट देखिने अधिकांश हिमाल नजिकै उडान गर्ने गरिएको एभिया कल्बका पाइलट भीमराज लामिछाने बताए ।

बिशेष गरी अक्टोबर, नोभेम्बरमा हिमाल राम्रोसँग देखिने भएकाले यो मौसम अल्ट्राका लागि उपयुक्त हुने लामिछानेको भनाइ छ ।
पोखरामा अक्टोबर, नोभेम्बर, डिसेम्बरका साथै मार्च र अपि्रलमा अल्ट्रा उडान निकै व्यस्त रहने गरेको छ ।pokhara006

नेपालमा पहिलो अल्ट्रा कम्पनी मात्रै नभएर आफूहरुले अल्ट्रासम्बन्धी जानकारी दिने र पाइलटहरु समेत उत्पादन गरिरहेको रिजाल बताउँछन् । यसका लागि विदेशबाट समेत पोखरामा प्रशिक्षण लिन आउने गरेको उनले बताए ।pokhara007 pokhara008 pokhara009 pokhara0010 pokhara0011 pokhara0012 pokhara0013

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment