Comments Add Comment

नाटकमा अभिनय गर्दागर्दै ‘ओ माई लभ बा’को निधन

bishnu-bhakra-phuyal

१९ पुस, काठमाडौं । रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’ का रुपमा चर्चित भएका उनको जमलस्थित राष्ट्रिय नाचघरमा निधन भएको हो ।

अभिनय गर्दागर्दै मर्ने चाहना छ भन्ने गरेका उनको नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ मा अभिनयकै क्रममा निधन भएको हो ।

संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित र बद्री अधिकारीले निर्देशन गरेको नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यस क्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् ।

चिकित्सकहरुले साँझ ६ः१० बजे उनको निधन भएको घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । बुधबार बिहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिने जनाइएको छ ।

१९९४ साल भदौ २३ गते भक्तपुरमा जन्मिएका उनी झण्डै पाँच दशकदेखि रंगक्षेत्रमा सक्रिय थिए । फुयाँलका ‘बाध्यता’ र ‘शहीदको सपना’ नाटकसंग्रह प्रकाशित छन् । उनले तीतो सत्य, मधुमालती, इन्द्रावती लगायत दर्जनौं टेलिफिल्म र चलचित्रहरुमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment