Comments Add Comment

ललितपुरमा पच्चीस हजार आठसय ९२ भूकम्पपीडित पहिचान

engineer
२० पुस, ललितपुर । ललितपुर जिल्लामा २५ हजार आठसय ९२ जना भूकम्पका समयमा घर क्षति भएका लाभग्राही पहिचान भएको छ ।

यसअघि छुटेका लाभग्राहीसमेत गर्दा यो तथ्याङ्क आएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताए । उनले भन्नुभयो, “घर सर्वेक्षण भएर वा नभएर छुटेका लाभग्राही समेत हामीले पहिचान गरिरहेका छौँ ।”

जिविसले लाभग्राहीका सूचीमा छुटेका तीनसय १७ र घर सर्वेक्षण नै छुटेका १४ जना लाभग्राहीको गुनासो सम्बोधनका लागि पुनःनिर्माण प्राधिकरणमा पठाएको थियो ।

पहिचान भएका लाभग्राहीमध्ये १७ हजार एकसय ४२ घरधुरीको अनुदान सम्झौता भइसकेको जिविसले बताएको छ । जिविसले तीनहजार ४० घरधुरीको भुक्तानीका लागि सिफारिस गरेको छ । विभिन्न नगरपालिका र गाविसले आठहजार दुईसय ४२ लाभग्राहीलाई भुक्तानीका लागि सिफारिस गरिसकेका छन् ।

भूकम्पपछि जिविसमा छ हजार एकसय १८ वटा गुनासो दर्ता भएका थिए । तीमध्ये एक हजार छसय ३२ गुनासो फस्र्याैट भइसकेको स्थानीय विकास अधिकारी दाहालले बताए ।

निजी आवास पुनःनिर्माणकै लागि ललितपुरका विभिन्न गाविस र नगरपालिकाका वडामा गैरसरकारी संस्थासँग पनि पुनःनिर्माण प्राधिकरणले सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment