Comments Add Comment

भारतका नवनियुक्त सेना प्रमुखले भने- चीन र पाकिस्तानसँग लड्न तयार छौं

bipin-rawat-army-chief-of-india
२० पुस, नयाँदिल्ली । भारतका नवनियुक्त सेना प्रमुख विपिन रावतले आतंकवादीहरुको अड्डामा पुनः सर्जिकल अट्याक गर्न भारतीय सेना तयार रहेको बताएका छन् । उनले आवश्यक परेमा चीन र पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा लड्न पनि नहिच्किचाउने बताए ।

रावतले भने, ‘पाकिस्तानविरुद्ध र सर्जिकल स्ट्राइकको सम्भाबनालाई इन्कार गर्न सकिँदैन । सर्जिकल स्ट्राइकको अर्थ हो एक स्पष्ट सन्देश ।’

उनले यो पनि भनेका छन् कि सीमा क्षेत्रमा शान्ति र सौहार्द कायम राख्न यदि जरुरी परेमा भारतीय सेनाले आफ्नो ताकत देखाउने छ ।

भारतीय समाचार च्यानल एनडीटीभीसँग कुरा गर्दै भने, ‘भारतीय सेना एकसाथ दुबै मोर्चामा पाकिस्तान र चीनसँग युद्धको लागि तयार छ तर बेइजिङसँग टकरावको सट्टा सहयोगमा ध्यान दिनु जरुरी छ ।’

उनले उत्तरी सीमाक्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा सौहार्दपूर्ण सम्बन्ध कायम राख्नका लागि विशेष रणनीति बनाइएको जानकारी पनि दिए ।

जनरल रावतले समाचार च्यानलसँग भने, ‘जहाँसम्म सशस्त्र बलको सवाल छ, हामीलाई दुबै मोर्चामा युद्धका लागि तयार रहनुपर्ने जिम्मेवारी सुम्पिएको छ । राजनीतिक रुपमा हामीलाई जुन तारिकाले पनि यस्तो गर्न भनिने छ हामीले त्यही तरिकाले यस कार्यलाई पूरा गर्न सक्षम हुनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment