+
+
Shares

संशोधन थाती राखेर भए पनि चुनावमा जानुपर्छः कांग्रेस महामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २० गते १६:२४

sashank-koirala

२० पुस, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालाले संविधान संशोधन प्रक्रियालाई थाती राखेर भएपनि स्थानीय चुनावमा जानु पर्ने बताएका छन् ।

बिराटनगर विमानस्थलमा बुधबार सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले २०७४ माघसम्म्ामा तिनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रक्रियालाई थाती राखेर दलहरु चुनावमा जुट्नु पर्ने बताए ।

संविधान कार्यान्वयन मुख्य चुनौती रहेको भन्दै उनले दलहरुले वार्ताको माध्यमवाट सविधान संशोधन प्रक्रिया टुङ्गो लगाउनु पर्नेमा जोड दिए । विषेश गरी संविधान संशोधनका लागि एमाले र मधेसी मोर्चासँगको वार्तालाई तिव्रता दिएर सहमति कायम गर्नु पर्ने उनले बताए ।

कांग्रेस महामन्त्री कोइरालाले प्रदेश नम्वर ५ मा देखिएको विवाद सामाधानका लागि स्थानीय जनताको राय वुझेर अघि बढ्न सकिने बताए । साथै उनले त्यस क्षेत्रका जनताको भावना विपरित जान नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?