Comments Add Comment

सात दिनभित्र गरिबको तथ्यांक सार्वजनिक गर्न गरिबी निवारण मन्त्रालयलाई निर्देशन

गरिबी निवारण मन्त्रालय भन्छ- हामी तयार छौँ

sahakari-tatha-garibi-nibar

२१ पुस, काठमाडौ । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औँ बैठकले विभिन्न २५ जिल्लामा पहिचान भएका गरीबको सूची ७ दिनभित्र प्रकाशित गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘गरिबसँग सरकार’ कार्यक्रम घोषणा गरेका थिए । उनले ३ महिनाभित्र गरिब घरपरिवार पहिचान बोर्डले गरिबको संख्या सार्वजनिक गरेसक्नुपर्ने निर्देशन दिएका थिए ।

तर, तोकिएको समयभित्र पनि बोर्डले गरिबको संख्या सार्वजनिक गर्न नसकेपछि प्रधानमन्त्री दाहालले राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औँ बैठकका क्रममा एक साताभित्र गरिब परिवारको सूची प्रकाशित गर्न निर्देशन दिएको हो ।

यस्तै समितिको ३८ औँ बैठकले पहिचान भएका गरीब घरपरिवारलाई २ महिनाभित्र परिचयपत्र वितरण गर्न सहकारी तथा गरिबी निवारण मन्त्रलायलाई निर्देशन दिएको हो । मन्त्रालयले गरिब परिवार पहिचान गर्न ढिलाइ गरेपछि बैठकले समय तोकेर काम सक्न भनेको हो ।

बैठकले गरिब घरपरिवारको संख्या सार्वजनिक गरे लगत्तै उक्त संख्यालाई लक्षित गरेर विकासका कार्यक्रमहरु संचालन गर्न समेत सम्वन्धित मन्त्रालयहरुलाई निर्देशन दिएको छ । गरिब परिवार लक्षित कार्यक्रमहरु निरन्तर हुनुपर्ने बैठकको निर्देशन छ ।

बोर्ड भन्छ, काम सक्यौँ

गरिब घर परिवार पहिचान बोर्डले विभिन्न २५ जिल्लाको गरिब परिवारको संख्यालाई अन्तिम रुप दिइसकेको बताएको छ । अब उक्त प्रतिवेदनसहितको विवरण मन्त्रिपरिषदले स्वीकृत गरेपछि सार्वजनिक गरिने बोर्डका उपाध्यक्ष जनकलाल तिवारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment