Comments Add Comment

गौतम बुद्ध विमानस्थलको काम छिटो सम्पन्न गर्न मन्त्री शाहीको निर्देशन

jiban-bahadur-shahi-at-bhairahawa

२१ पुस, भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बिहीबार बिमानस्थल निर्माणको स्थलगत अनुगमन गर्दै उनले सो निर्देशन दिएका हुन् । निर्माणको क्रममा कुनै समस्या आए त्यसलाई समाधान गर्न आफू तयार रहेको पनि उनले बताए ।

एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । यसलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ । सन् २०१८ भित्रै यसको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विमानस्थल निर्माणको अवलोकन गर्दै मन्त्री शाहीले भने, ‘सरकारले गौतमबुद्ध विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेर कति महत्व दिएको छ भन्ने कुरा भनि राख्नुपर्दैन । अहिलेसम्मको कामको तीब्रता र प्रकृति हेर्दा सन्तोषजनक काम भइरहेको देखिन्छ । अझ यो गतिलाई द्रुत रूपमा अगाडि बढाउनुस् ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रोजेक्ट डाइरेक्टर ओम शर्माले कामका विषयमा मन्त्री शाहीलाई जानकारी गराएका थिए ।

मन्त्री शाही प्राविधिकसहितको उच्चस्तरीय टोली लिएर भैरहवा हुँदै दाङ गएका छन् । दाङको तुलसीपुरस्थित विमानस्थल सञ्चालनमा ल्याउने विषयमा अध्ययन र अवलोकन गर्न उच्चस्तरीय टोली दाङ गएको मन्त्री शाहीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment