Comments Add Comment

कांग्रेस समर्थकले सिड्नीमा मेलमिलाप दिवस मनाउने

nadf-australia

५ जनवरी, सिड्नी । अष्ट्रेलियामा बस्ने नेपाली कांग्रेसका समर्थक नेपालीहरुले सिड्नीमा मेलमिलाप दिवसको अवसरमा कार्यक्रम आयोजना गर्ने भएका छन् । नेप्लीज अष्ट्रेलियन डेमोक्र्याटिक फोरमको आयोजनामा हुने कार्यक्रमलाई कांग्रेस नेता प्रदीप गिरीले सम्बोधन गर्नेछन् ।

सिड्नीको आस्फिल पार्कमा शनिबार आयोजना हुने कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएर दिनभरसम्म चल्ने छ ।

नेप्लीज अष्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडीएफ) का महासचिव माधव गैरेका अनुसार कार्यक्रममा सिड्नीमा क्रियाशील नेपालका सबै राजनीतिक दल निकट व्यक्तित्वहरुलाई पनि निमन्त्रणमा गरिएको छ ।

अष्ट्रेलिया बस्ने अन्य नेपालीहरुलाई पनि कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे ।

नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले बीपी कोइराला लगायतका आफ्ना नेताहरु ०३३ मा राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्किएको दिन पुस १६ गतेको स्मरण गर्दै विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गर्दछ ।

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफू माथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका बीपीले मुलकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए । राष्ट्रियता र समृद्धि मेलमिलापबाट मात्रै सुनिश्चित गर्न सम्भव हुने भन्दै नेपाली कांग्रेसले अवलम्बन गरेको मेलमिलापको नीतिको अपरिहार्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको राजनीतिक दलका नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment