Comments Add Comment

शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा एमालेको वृहत मोटरसाइकल र्‍याली (फोटो फिचर)

bike-rally-9

२१ पुस, काठमाडौं । शुक्रवार एमाले सहितका ९ राजनीतिक दलले संविधान संशोधनबिरुद्ध गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा एमालेले राजधानीमा विहीवार वृहत मोटरसाइकल र्‍याली निकालेको छ ।

उपत्यका तीनै जिल्लाबाट एमाले कार्यकर्ताहरु मोटरसाइकलसहित प्रदर्शनीमार्गमा भेला भएका थिए ।

bike-rally-3

दश हजार भन्दा बढीको सहभागिता रहेको मोटरसाइकल र्‍यालीका कारण राजधानीको सवारी आवागमन प्रभावित भएको थियो । जनप्रदर्शनको प्रचार-प्रसारका लागि विहिवार अपरान्ह ३ बजे प्रदर्शनीमार्ग काठमाडौंबाट मोटरसाइकल र्‍याली आयोजना गरिएको हो ।

मोटरसाइकल र्‍यालीको शुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए भने प्रमुख नेताहरु पनि सहभागी थिए ।

bike-rally-10

र्‍याली भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगर समापन भएको थियो ।

bike-rally-1

 

bike-rally-8

bike-rally-14

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment