Comments Add Comment

भारतीय रिजर्व बैंकले राष्ट्र बैंकलाई १ अर्व भारु दिने

 

 

nrb-810

२१ पुस काठमाडौं । नोटको अभाव हटाउन रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले १ अर्ब भारु नेपाल पठाउने भएको छ ।

भारतमा नोटबन्दी लागेपछि आरवीआईले अहिलेसम्म भारु उपलब्ध गराउन नसक्ने बताउँदै आएको थियो । नेपाल राष्ट्र बैंकले भारतबाट बार्षिक ६ अर्ब रुपैयाँसम्म लिन सक्छ ।

यसैअनुरुप भारुको अभाव हटाउन तत्काललाई आरबिआईले १ अर्ब उपलब्ध गराउन लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

उनले भने, ‘बर्षमा ६ अर्वसम्म लिन पाइन्छ, नोटबन्दीपछि नयाँ नोट उपलब्ध नगराएको आरविआईले अहिले १ अर्व दिन्छु भनेको छ ।’

यो रकम माघको दोस्रो साताभित्रै नेपाल आइपुग्नेछ । भारतमा १ हजार र ५ सयको भारु कारोबारमा रोक लागेको छ । र यसको नयाँ नोट पनि छापिइसकेको छैन । त्यसैले अब आउने अधिकांश नोट १ सयका हुने प्रवक्ता पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment