Comments Add Comment

‘लुट २’को ट्रेलर रिलिज, ‘हाकु काले’ खोज्दै ‘गोफ्ले’

lott-2-saugat-malla
निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट २’को ट्रेलर रिलिज गरिएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो बर्षको प्रतिक्षित चलचित्रको ट्रेलर रिलिज गरिएको हो । ४ बर्ष अगाडि रिलिज भएको ‘लुट’ले नेपाली चलचित्रको धार नै परिवर्तन गरिदिएको थियो । निर्माता माधव वाग्ले यसपटक चलचित्रको व्यापारमा बढि केन्द्रित देखिएका छन् । उनले भने–‘लुट २ ले ‘छक्का पन्जा’को व्यापारलाई तोड्नु पर्छ । रेकर्ड बन्ने नै तोड्न हो । छक्का पन्जाले १६ करोड कमायो भने यसले १७ करोड कमाउनुपर्छ ।’

वाग्लेका अनुसार यसपटक पनि चलचित्रको कथा दौडधुपमै छ । यसपटक, ‘हाकु काले’लाई खोज्दै जेलबाट निस्किएका यूवाहरुको कथामा चलचित्र बनेको छ । ‘लुट’ले वैंक लुट्न ‘हाकु’ कालेले प्रयोग गरेका यूवाहरुको कथालाई बुनेको थियो ।

सार्वजनिक ट्रेलरमा ‘हाकु काले’ अर्थात सौगात मल्ल फोकसमा छन् । उनको साथमा दयाहाङ राई, कर्मा लगायतका कलाकार ट्रेलरमा हाबी छन् । यो चलचित्रमा सौगात, दयाको साथमा कर्मा, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, सुशिलराज पाण्डे, एलिसा राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

निर्देशक बस्नेतले भने–‘यसपटक दुई अर्थ लाग्ने शब्द केहि कम भएका छन्, तर हुँदै नभएका भने होइनन् । यसपटक सेन्सरमा यस्ता सबै शब्द म्यूट गरेर एडल्ट सर्टिफिकेट लिएर आउने पक्षमा म छैन ।’

कार्यक्रममा उपस्थित मोडल एलिसा राइले आफू चलचित्रमा बार डान्सरको भूमिकामा देखिएको बताइन् । नायक दयाहाङ राइको अपोजिटभमा आफू देखिएको उनको भनाई थियो । फागूण १३ गतेबाट रिलिज हुने यो चलचित्रको व्यापार यतिबेला सिंगो चलचित्र क्षेत्रको केन्द्रमा छ । के निर्माता वाग्लेले भने जस्तै, यसले ‘छक्का पन्जा’को रेकर्ड तोड्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment