+
+
Shares

माच्छापुच्छ्रेले २०.७५ प्रतिशत बोनस र १२ प्रतिशत हकप्रद सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १८:०९

maxapuxre-bank-agm-22

२२ पुस, काठमाडौं । माछापुच्छ्रे बैक लिमिटेडको अठारौं वाषिर्क साधारणसभा पोखरामा भएको छ । बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोको सभापतित्वमा कार्यक्रम भएको हो ।

साधारण सभाले बैंकको आर्थिक बर्ष २०७२/७३ को बाषिर्क प्रतिबेदन पारित गरेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हालको चुक्ता पूँजीको २०.७५ प्रतिशत बोनस सेयर -कर प्रयोजनका लागी १.०९ प्रतिशत नगद लाभांशसहित) तथा तत्पश्चात कायम हुने चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद सेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट राममान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्वप्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

३ अर्व ८६ करोड चुक्ता पुँजी रहेको बैकको चुक्ता पूँजी हाल जारी हुने प्रक्रियामा रहेको हकप्रद शेयर पश्चात ५ अर्ब ७९ करोड, १८औं वाषिर्क साधारण सभाबाट पारित बोनस सेयर जारी भए पश्चात ६ अर्ब ५९ करोड र सोही वाषिर्क साधारण सभाबाट पारित हकप्रद शेयर जारी भए पश्चात ७ अर्ब ३९ करोड रुपैयाँ कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?