+
+
Shares

भन्सालीको फिल्ममा शाहरुख र ऐश्वर्याको पुनर्मिलन

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २३ गते १२:१२

srk-aishwarya-storyसञ्जय लिला भन्सालीको फिल्म देवदासमा शाहरुख खान र ऐश्वर्या रायको जोडीले खुबै प्रशंसा बटुलेको थियो । उनै भन्सालीले यो जोडीलाई फेरि एकैसाथ पर्दामा उतार्ने तयारी गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भन्साली अहिले साहिर लुधियानवीमाथि फिल्म बनाउन जुटिरहेका छन् । यो फिल्ममा शाहरुख र ऐश्वर्याको पुनर्मिलन गराउने उनको तयारी छ । फिल्मको नाम गुस्ताखियाँ राखिने चर्चा चले पनि फाइनल भइसकेको छैन । फिल्ममा शाहरुखले साहिरको र ऐश्वर्याले अमृता प्रीतमको भूमिका निभाउने छन् ।

यस फिल्मको तयारीका लागि शाहरुखले गजल पढ्न सुरु गरेकिा छन् तर ऐश्वर्याले अहिलेसम्म फिल्ममा अभिनय गर्न लागेको बारे मुख खोलेकी छैनन् । एउटा अबार्ड फङ्सनमा उनलाई यस फिल्मको बारेमा प्रश्न सोधिएको थियो तर उनले कुनै जवाफ नदिएर टारिन् । ऐश्वर्याको मौनताले फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?