Comments Add Comment

यूएईमा ल्होसार धमाका

lhosar-uae

युएई । युएईको दुवई शहरस्थित होलिडे इन होटेलमा शुक्रबार सम्पन्न च्हृय ल्होसारमा नेपालबाट आएका चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङसँगै स्थानीय कलाकारले दर्शकलाई नचाए ।

गुरुङ्हरुको पुरानो मौलीक धर्म वोन धर्मका पुरोहित खेगी पच्यु र क्ल्हेप्री द्वारा छ्योपा त्हेँ र थाँसो त्हेँ र ल्हो वर्ग चलेकाहरुलाइ रिपु (रीपा) लगाईदिएपछि औपचारिक सुरु भएको थियो ।

कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्य र प्ये ल्हु संघका अध्यक्ष मुक्ती गुरुङ्कको अध्यक्षतामा सम्पन्न कार्यक्रम माहासचिब भिम गुरुङ तथा माया गुरुङ्ले सञ्चालन गरेका थिए ।

गुरुङ्हरुको आˆनै धर्म अनुसार क्वोइवो मा दिप प्रजलन गरेर कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथी कलाकार शर्मिला गुरुङ, प्ये ल्हु संघको अध्यक्ष, उपाध्येक्ष, प्रमुख संरक्षेक, संरक्षक संगठन बिभाग प्रमुख, होम गुरुङ र तमु समाजका अध्येक्ष उषा गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

तमु प्ये ल्हु संघ गोरखाले गोरखा शाखा स्थापनामा आर्थिक सहयोग गरेको भन्दै गोरखाले पठाएको सम्मान पत्र तिलक गुरुङले प्ये ल्हु संघ युएईको अध्यक्षलाई हस्तान्त्रण गरेका थिए ।

तमु प्ये ल्हु संघ लम्जुङ जिल्लाको अधिबेशन संयोजक मुक्ती गुरुङ, तमु प्ये ल्हु संघ गोरखाको अधिबेशन संयोजक तिलक गुरुङ, क्होला भ्रमण सहभागी भिम गुरुङ(सबिनय),होम गुरुङ र ल्होसार प्रायोजकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाती माहासंघ भित्रका जातीय सस्था,जिल्लाको सस्था,व्यावसायी,पत्रकार मात्रै नभै भारातिय नागरिक समेत सहभागी थिए । कार्यक्रममा कर्म काण्ड गर्ने पुरोहित,उत्कृष्ठ मौलिक झाँकी, छ्याडु नृत्य, लोपोन्मुख सोह्रठी नाँच लगायत थुप्रै प्रस्तुती देखेपछि दर्शकहरुले यो पो होत असली गुरुङ्को धर्म सस्कार अनि सस्कृती भनेर टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment