Comments Add Comment

श्रद्धाको हिन्दी कमजोर, ‘ओके जानु’ नचले करिअरमै झट्का लाग्ने

shradha-kapoor
हिन्दी चलचित्रमा काम गर्ने केहि कलाकार हिन्दी भाषामा कुरा गर्न गार्‍हो मान्छन् । ‘आशिकी-२’ वाट बलिउडमा तहल्का मच्चाएकी नायिका श्रद्धा कपुर हिन्दीमा कमजोर छिन् । ‘म भारतीय नायिका हुँ तर, मेरो हिन्दी कमजोर छ’, श्रद्धाले भनिन् ।

श्रद्धा पुनः नायक आदित्य राय कपुरसँग चलचित्र ‘ओके जानु’मा रोमान्स गर्दैछिन् । यो जोडीलाई दर्शकले ‘आशिकी-२’ मा निकै मन पराएका थिए । साहरुख खान-काजोल, वहीदा रहमान र गुरुदत्त जस्तै आफ्नो र आदित्यको जोडीलाई पनि दर्शकले मन पराएको श्रद्धाको बुझाई छ । ‘ओके जानु’ दुई युवाको कहानी हो जो विवाह बन्धनमा बाँधिन चाहदैनन् तर, लिभ इन रिलेशनमा रमाउँछन् ।

चलचित्र ‘रक अन २’को असफलताले श्रद्धालाई झट्का लागेको छ भने, आदित्य ‘फितुर’ असफल भएपछि तनावमा छन् । यसैले पनि यी दुइका लागि ‘ओके जानु’ चल्न अत्यन्तै जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment