Comments Add Comment

प्राधिकरण सिइओ ज्ञवालीले दोस्रो पटक बुझाए स्पष्टीकरण

sushil-gyawali-6

२४ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनः सरकारलाई दोस्रो चरणको जवाफ पठाएका छन् । ज्ञवालीले आइतबार विहान ११ बजे प्रधानमन्त्रीको कार्यालयमा पुगेर स्पष्टीकरण बुझाएका हुन् ।

विभिन्न निकायहरुबीच समन्वयन, पुनर्वास र भूकम्प पीडित परिवारलाई अनुदान वितरणमा प्रगति हुन नसकेको सम्वन्धमा सरकारले शुक्रबार उनलाई दोस्रो चरणको स्पष्टीकरण सोधेको थियो ।

कार्यकारी अधिकृत ज्ञवालीले ६ पेज लामो स्पष्टीकरण पेश गरेका छन् । स्पष्टिकरणमा समन्वयनमा भएका कामहरु, अनुदान वितरणमा अहिलेसम्म भएको प्रगति र पुनर्वासका लागि प्राधिकरणले गरेका कामहरु समेटिएको कार्यकारी निर्देशक ज्ञवालीले अनलाइनखबरलाई बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मैले नेपाल सरकारका सचिव दिनेशकुमार थपलिया मार्फत तीनवटा विषयमा थप प्रष्ट पार्ने गरी स्पष्टिकरण पेश गरेको छु ।’

ज्ञवालीले यसअघि १२ पन्ने स्पष्टीकरण सरकारलाई बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment